रुपन्देहीमा एमालेको घरदैलो अभियान तीव्र, विष्णु पौडेललाई युवादेखि ज्येष्ठसम्मको उत्साहपूर्ण स्वागत

  • राजनीति
  • २०८२ फाल्गुन १४, बिहीबार ०५:१५ बजे

यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेकपा एमालेले रुपन्देहीमा घरदैलो तथा भेटघाट कार्यक्रमलाई तीव्र बनाएको छ। घरदैलो अभियानमा सहभागी एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई जेनजी युवादेखि ज्येष्ठ नागरिकसम्मले फूलमाला र आशीर्वादसहित स्वागत गरेका छन्।

बिहीबार बिहान बुटवल उपमहानगरपालिका–९ मा भएको भेटघाटमा युवाहरूले पौडेललाई माला लगाएर स्वागत गरे भने ज्येष्ठ नागरिकले अँगालो मार्दै आशीर्वाद दिएका थिए। केही मतदाता भावुक बन्दै आँसु झार्दा उम्मेदवार पौडेल पनि भावुक देखिएका थिए।

कालिका पथ क्षेत्रमा आयोजित कार्यक्रममा टीका, माला र खादा लिएर मतदाता ठूलो संख्यामा सहभागी भएका थिए। एमाले रुपन्देहीका उपसचिव बाबुराम पन्थीको नेतृत्वमा सम्पन्न घरदैलोमा सयौँ कार्यकर्ता तथा शुभेच्छुकको उपस्थिति रहेको थियो।

संक्षिप्त कोणसभालाई सम्बोधन गर्दै पौडेलले कालिका पथलाई रात्रिकालीन बजारका रूपमा विकास गर्न आवश्यक पूर्वाधार निर्माण गरिने प्रतिबद्धता जनाए। सडक बत्ती जडान, सुरक्षा व्यवस्था तथा अन्य संरचना विकास गरी बुटवललाई उज्यालो र व्यवस्थित सहर बनाइने उनले बताए। बुटवललाई पर्यटकीय सहरका रूपमा नमुना बनाउने योजना अघि बढाइने पनि उनले उल्लेख गरे।

तिनाउ नदीको व्यवस्थापन गरी पर्यटन प्रवर्द्धन गरिने बताउँदै नदी कटान रोक्न चेकवाल निर्माण भइरहेको जानकारी दिए। “अब तिनाउ नदी अभिसाप होइन, वरदान बन्नेछ,” उनले भने।

निर्वाचन मिति नजिकिँदै गर्दा एमालेप्रति मतदाताको आकर्षण बढ्दै गएको नेताहरूको दाबी छ।

सेयर गर्नुहोस्

सम्बन्धित पोस्टहरू

फागुन २१ को निर्वाचनअघि नवलपरासीमा भारततर्फका सीमा ७२ घण्टा बन्द
  • २०८२ फाल्गुन १४, बिहीबार ०५:३६ बजे

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै भारतसँग जोडिएका सबै सीमा नाका ७२ घण्टाका लागि बन्द गरिने भएका छन्। जिल्ला प्रशासन कार्यालय…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस

रौतहट–४ बाट ऋषि धमलाको वाचापत्र सार्वजनिक, ‘हर घर मिले रोजगार’ अभियान घोषणा
  • २०८२ फाल्गुन १४, बिहीबार ०५:२४ बजे

ऋषि धमलाले आम जनता पार्टीको तर्फबाट रौतहट क्षेत्र नम्बर–४ का लागि आफ्नो चुनावी वाचापत्र सार्वजनिक गरेका छन्। विगत ३५ वर्षदेखि पत्रकारितामा सक्रिय रहँदै आएका धमलाले अबको समय रौतहट–४ का जनताको…

सेयर गर्नुहोस्
पढ्दै जानुहोस